सहाराको ‘एक मुठ्ठी बादल’मा आँचल र सहयोग

सहाराको ‘एक मुठ्ठी बादल’मा आँचल र सहयोग

 

काठमाडौं : सहारा शर्माले फिल्म ‘एक मुठ्ठी बादल’ निर्देशन गर्ने भएकी छन्।

निर्माण टिमले आज फिल्म निर्माण घोषणा गर्दै पोस्टर समेत सार्वजनिक गरेका छन्। जसमा आँचल शर्मा र सहयोग अधिकारी शीर्ष भूमिकामा हुनेछन्।

यही फिल्मबाट अभिनेता अधिकारीले डेब्यु गर्न लागेका हुन्।

‘इन्द्रेणी खोज्दै जाँदा’ निर्देशन गरेकी सहाराको यो दोस्रो फिल्म हो। फिल्मको कथा तथा पटकथा समेत उनकै रहने छ।

यही फिल्मबाट फिल्म लेखक, समिक्षक तथा पत्रकार सामिप्यराज तिमल्सिना निर्माताका रुपमा जोडिएका छन्। उनका अलावा निर्मातामा अनुप पौडेल र अभिमन्यू दीक्षित पनि रहेका छन्।

फेमिली ड्रामा शैलीमा बन्ने फिल्ममा अप्रत्याशित एबम् दुर्भाग्यपूर्ण घटनापछि एउटी आमा र उनको परिवारको वर्षौँदेखिको रहस्यलाई पर्दामा उतारिने छ।

माघ/फागुनबाट यो फिल्मको छायांकन पोखरामा गरिने निर्माता अभिमन्युले जानकारी दिए। उनका अनुसार यो फिल्ममा पारिवारिक र महिलाप्रधान कथावस्तु प्रस्तुत गरिने छ।

गौंथली इन्टरटेनमेन्ट र अन्डरग्राउण्ड टकिजले निर्माणमा सहकार्य गर्न लागेको फिल्म फेस्टिभल र हललाई लक्ष्य राखेर बनाउन लागिएको हो।

पुष २६, २०८० बिहीबार १७:५६:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।