नेप्से परिसूचक ९.५० अंक बढ्यो, मनकामना स्मार्ट लघुवित्त र हिमालय रिइन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो
काठमाडौँ : बुधवारको शेयर बजारको परिसूचक ९.५० अंकले उचालिएर बजार बन्द भयो। बुधवार नेप्से २०८९.६२ को विन्दुमा पुगेको छ।
बुधवार दिनभरको कारोबारमा एक करोड ३४ लाख ७७ हजार ९ सय ४६ कित्ता सेयरको कारोबारहुँदा कारोबार रकम पाँच अर्ब १३ करोड ४८ लाख पुग्यो।
बुधवार ३ सय १ कम्पनीको शेयर कारोबार भएको थियो। १ सय १८ कम्पनीको सेयर मूल्य बढ्दा १ सय १८ वटा कम्पनीकै सेयर मूल्य घट्यो। बुधवार ११ कम्पनीको सेयर मूल्य स्थिर रह्यो।
बुधवारको बजारमा पाँच कम्पनीको सेयर मूल्यमा सर्किट स्तरमा कारोबार भएको थियो। बुधवार मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालय रिइन्स्योरेन्स लिमिटेडको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको थियो। छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ५.९५ प्रतिशतले घटेको छ।
सोनापुर मिनरल्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, ज्ञादी ग्रुप अफ पावर, हाथवे इन्भेस्टमेन्ट लगायतका कम्पनीको शेयर मूल्य कारोबार रकमका आधारमा अगाडि देखिए।
सोनापुरको ३२ करोड ७८ लाख र रिलायबल लाइफको २८ करोड ८७ लाखको सेयर कारोबार भएको थियो।
पुष २५, २०८० बुधबार १७:४७:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।