सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा पनि कमि
काठमाडौं : कारोबारको पाँचौं दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ।
गत मंसिर २६ गते मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा पछि बजारमा गिरावट आएको हो।
हिजो ३५.३९ अकंले बढेको बजार आज भने ३२.७७ प्रतिशतले घटेर २ हजार १ सय ९.१ विन्दुमा पुगी बन्द भएको छ।
त्यस्तै, कारोबार रकममा पनि गिरावट आएको छ।
बुधबार ७ अर्ब ९५ करोडको कारोबार भएकोमा आज भने ६ अर्ब २७ करोड ४३ लाख २४ हजार बराबरको कारोबार भएको छ।
१ करोड ७१ लाख ७२ हजार १४९ कित्ता सेयर खरिद बिक्री भएको छ। आज कारोबारमा आएको २ सय ४४ कम्पनीहरूमध्ये ५० कम्पनीको सेयर बढ्दा १९१ कम्पनीको सेयर ओरालो लागेको छ भने ३ वटा कम्पनीको सेयर यथावत छ।
बजार घटेपनि आज १० कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लेबलमा बढेको छ। बोटलर्स नेपाल बालाजु लिमिटेड, आशा लघुवित्त, धौलागिरी लघुवित्त, विपीडब्लु लघुवित्त, चिरख्वा हाइड्रोपावरको सेयरको मूल्य १० प्रतिशतले बढेको छ।
यस्तै, पाँच कम्पनीहरू भिजन लुम्बिनी उर्जा कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, नेपाल रिपब्लिक मिडिया, मान्डू हाइड्रोपावर र नेपाल वेयर हाउजिङ्गका लगानीकर्ताले ९.९६ प्रतिशतभन्दा बढीका दरले कमाएका छन्।
आज सबैभन्दा बढी गुमाउनेमा सूर्यज्योति लाइफ इन्स्योरेन्स रहेको छ। यो कम्पनीले आज ७.४४ प्रतिशतले गुमाउँदा उन्नती सहकार्य लघुवित्तको ७.२६ प्रतिशत, सनराइज फस्ट म्युचुअल फन्डको ६.९४, ग्रामीण विकास लघुवित्त ६.८१ र युनियन हाइड्रोपावरको ६.५२ प्रतिशतले सेयर मूल्य घटेको छ।
घलेम्दी, नेरुडे, सूर्यदय वोमी, एनआईसी एशिया ग्रोथ फन्ड र रावा इनर्जीको मूल्य पनि ५ प्रतिशतभन्दा धेरैले घटेको छ।
पुष ५, २०८० बिहीबार १६:१७:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।