सेयर बजारमा एक वर्ष यताकै उच्च कारोबार, रकम सात अर्ब पारी
काठमाडौँ : बुधवार सेयर बजारमा सात अर्ब ९५ लाखको कारोबार भयो। यो एक वर्षयताकै उच्च कारोबार हो। बुधवार नेप्से परिसूचक ३५.३९ अंकले बढेर २१४१.८७ बिन्दुमा पुग्यो। सेन्सेटिभ इन्डेक्समा ४.९३ अंकको सुधार भयो।
बुधवार १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन क्षेत्र ७.१५ प्रतिशतले बढ्यो। बोटलर्स नेपाल बालाजु, हिमालयन डिस्टिलरी लगायत १५ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो। लगानी उपसमूहको सूचक ६.९२ र व्यापार उपसमूहको सूचक ६.२० प्रतिशतले बढ्यो।
होटेल उपसमूहको सूचक १.८९ प्रतिशतले घट्यो। तारागाउँ रिजेन्सी होटलको सेयर प्रति कित्ता ३२ रुपैयाँ र चन्द्रागिरि हिल्सको ३० रुपैयाँले घट्यो।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो। यो कम्पनीको ३७ करोड ३४ लाख रुपैयाँको सेयर किनबेच भयो। सोल्टी होटलको २४ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भयो।
पुष ४, २०८० बुधबार १८:१२:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।