४० मिनेट बन्द गरेर खोल्दा पनि थामिएन सेयर बजार
काठमाडौं : कारोबार हुने साताको पहिलो दिन सेयर बजारमा तेस्रो पटक कारोबार बन्द भएको छ।
कारोबार खुलेको पाँच मिनेटमा ४ प्रतिशत ‘पोजेटिभ सर्किट’ लागेपछि बन्द भएको बजार २० मिनेटपछि खुलेको थियो।
२० मिनेटपछि खुलेको सेयर बजार दुई मिनेटमा पुनः बन्द भयो। ४ प्रतिशतले बढेको बजार उक्त दुई मिनेटमा थप एक प्रतिशतले बढेर पाँच प्रतिशतले पुगेको थियो।
त्यसपछि नेपाल स्टक एक्स्चेन्जले ४० मिनेटको लागि कारोबार बन्द गर्यो। मध्यान्ह १२ बजेर ७ मिनेटमा कारोबार खोलिए पनि बजार थामिएन।
पुनः १ प्रतिशतले बजार बढ्दा कारोबार पुनः बन्द गरियो। १८६७ अंकमा रहेको बजार सवा १२ बजेसम्म १९६३ विन्दुमा पुगिसकेको छ।
बजारमै सर्किट लाग्दा ३५ भन्दा बढी कम्पनीको सेयर ९ प्रतिशतभन्दा बढीले बढेको छ।
मंसिर २४, २०८० आइतबार १२:२६:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।