आधा घण्टामा दोस्रोपटक बन्द भयो सेयर कारोबार

आधा घण्टामा दोस्रोपटक बन्द भयो सेयर कारोबार

काठमाडौं : कारोबार हुने साताको पहिलो दिन खुलेको ३० मिनेटमा सेयर बजार दोस्रोपटक बन्द भएको छ।

आइतबार बजार खुलेको ५ मिनेट ४८ सेकेण्डमा ‘पोजेटिभ सर्किट’ लागेपछि काराेबार बन्द भएको थियो।

२० मिनेटपछि ११ बजेर २५ मिनेटमा मार्केट खोलिए पनि २ मिनेट बित्दा-नबित्दै पुन: सर्किट लागेपछि कारोबार पुन: बन्द भएको हो।

नेपालको सेयर बजारमा धेरैपछि ‘पोजेटिभ सर्किट’ लागेको हो।

सेयर बजार ४ प्रतिशतले बढेपछि त्यसलाई ‘पोजेटिभ सर्किट’ भनिन्छ भने ४ प्रतिशतले घट्दा ‘नेगेटिभ सर्किट’ भनिन्छ। यसरी सर्किट लागेपछि कारोबार बन्द हुनेगर्छ।

दोस्रो पटक बढ्दा बजार एक प्रतिशतले उकालो लागिसकेको छ।

मंसिर २४, २०८० आइतबार ११:३७:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।