खुलेको पाँच मिनेटमै बन्द भएको सेयर बजार पुन: खुल्यो

खुलेको पाँच मिनेटमै बन्द भएको सेयर बजार पुन: खुल्यो

काठमाडौं : साताको कारोबारको पहिलो दिन खुलेको पाँच मिनेटमा बन्द भएको सेयर बजार पुन: खुलेको छ।

आइतबार बजार खुलेको ५ मिनेट ४८ सेकेण्डमा ‘पोजेटिभ सर्किट’ लागेपछि काराेबार बन्द भएको थियो।

नेपालको सेयर बजारमा धेरैपछि ‘पोजेटिभ सर्किट’ लागेको हो।

सेयर बजार ४ प्रतिशतले बढेपछि त्यसलाई ‘पोजेटिभ सर्किट’ भनिन्छ भने ४ प्रतिशतले घट्दा ‘नेगेटिभ सर्किट’ भनिन्छ। यसरी सर्किट लागेपछि कारोबार बन्द हुनेगर्छ।

२० मिनेट बन्द भएको बजार पुन: खुलेको हो। अहिले पनि बजार उकालाो लागिरहेको छ।

मंसिर २४, २०८० आइतबार ११:३०:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।