नेप्से दोहोरो अकंले घट्दा कारोबार रकम भने बढ्यो

नेप्से दोहोरो अकंले घट्दा कारोबार रकम भने बढ्यो

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज नेप्से १८ अकंले घटेको छ। सो गिरावटसँगै नेप्से १८५८.५३ विन्दुमा पुगेर बन्द भएको छ।

कारोबारको पहिलो दिन गत आइतबार नेप्से परिसूचक ४७.७५ अकंले बढे पनि सोमबार ११, मंगलबार २, बुधबार १७.९ र बिहीबार १८ अकंले बजार घटेको थियो। सो गिरावटसँगै नेप्से १८५८.५३ विन्दुमा कायम भएको छ।

बिहीबार कारोबार रकम भने बढेको छ। अघिल्लो दिन १ अर्ब १ करोड रूपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार १ अर्ब ३२ करोडको कारोबार भएको छ।

कुल ३२ कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो भने ६ को स्थिर रह्यो। बिहीबार सबै क्षेत्रका सूचकहरू घटेका छन्। फाइनान्स र होटेल समूहको सूचक सबैभन्दा धेरै १.५ प्रतिशत घट्यो।

अंकका आधारमा बैंकिङ १०, विकास बैँक २१, फाइनान्स २६, होटेल तथा पर्यटन ८१, जलविद्युत ३४, जीवन बीमा १००, उत्पादन तथा प्रशोधन ३८, माइक्रो फाइनान्स २१, निर्जीवन बीमा ६५, अन्य ७ र व्यापार उपसमूह ९ अंक घट्यो।

रुरू जलविद्युत आयोजनाको मूल्य सबैभन्दा धेरै ५.६ प्रतिशत बढ्यो। छिमेक लघुवित्तको ३.४ तथा मिथिला लघुवित्तको मूल्य २ प्रतिशत बढ्यो। विजय लघुवित्त, माउन्टेन इनर्जी र युनाइटेड इदी मर्दीको मूल्य १० प्रतिशत घट्यो। खानीखोला हाइड्रोको मूल्य ५.६, कुथेली बुकरीको मूल्य ५.५ प्रतिशत घट्यो।

मंसिर १४, २०८० बिहीबार १६:०९:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।