नेप्सेमा सामान्य अंकको सुधार, ९.८७ अङ्क बढेर बजार बन्द
काठमाडौँ : साताको अन्तिम दिनको सेयर कारोबारमा बजार सामान्य अङ्कले बढेर बन्द भयो। बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९.८७ अङ्क बढेर १,८६०.२० विन्दुमा बन्द भएको छ।
नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ। कारोबारको अघिल्लो दिन १ अर्बको सेयर कारोबार भएको बजारमा यस दिन २ सय ९२ कम्पनीको ४८ हजार ४९३ पटकको कारोबारमा १ अर्ब ३४ करोड ८३ लाख रुपैयाँ बराबरको ४४ लाख २० हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
कारोबारमा आएको १६१ कम्पनीको सेयर मूल्य बढेको छ। भने, ६७ कम्पनीको सेयर मूल्य घटेको छ त्यसैगरी १० कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।
नेप्सेका अनुसार बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेको छ। त्यस्तै, थ्रिस्टार हाइड्रोपावर कम्पनीको ८.५८ प्रतिशत, सिक्लेस हाइड्रोपावर कम्पनीको ८.५४ प्रतिशत र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ८.२५ प्रतिशत सेयर मूल्य बढेको छ।
कारोबारमा आएको नबिल बैंकको सेयर मूल्य सबैभन्दा बढी ८.२० प्रतिशतले घटेको छ, भने कारोबार रकमको आधारमा नबिल बैंक शीर्ष स्थानमा छ। आज उक्त बैंकले १३ करोड १० लाख रुपैयाँ बराबरको सेयर कारोबार गरेको हो ।
सोनापुर मिनरल्स एन्ड आयलको ९ करोड ५८ लाख, सानिमा जिआईसी इन्स्योरेन्सको ५ करोड ४१ लाख, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ५ करोड ३० लाख र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड २१ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ।
१३ उपसमूह मध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बिमा उपसमूहको परिसूचक सर्वाधिक ३.३७ प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक, वित्त, जलविद्युत, निर्जीवन बिमा र व्यापार उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन बैंकिङ्ग, लघुवित्त र अन्य उपसमूहको परिसूचक भने घटेको नेप्सेले जनाएको हो।
मंसिर ७, २०८० बिहीबार १६:१०:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।