आफ्नै पार्टीमा एक्लिँदै बाबुराम, महेन्द्रराय माओवादीसँग एकताको पक्षमा

आफ्नै पार्टीमा एक्लिँदै बाबुराम, महेन्द्रराय माओवादीसँग एकताको पक्षमा

काठमाडौँ : माओवादी केन्द्रसँग पार्टी एकता नगर्ने पक्षमा रहेका  बाबुराम भट्टराई आफ्नै पार्टीमा एक्लिँदै गएका छन्।पार्टीका अर्का अध्यक्ष महिन्द्र राय यादव, महासचिव रमेश यादव लगायतका अधिकांश नेताहरू माओवादीसँग एकता गर्ने पक्षमा छन्।

उनीहरू माओवादी केन्द्रले गठन गरेको वार्ता समितिका सदस्यहरूसँग निरन्तर छलफलमा बस्दा बाबुराम भने सहभागी भएका छैनन्। उनी भारत भ्रमणमा रहेको बेलामा माओवादी केन्द्रले पार्टी एकताका लागि यादवलाई पत्र पठाएपछि माओवादीले आफ्नो पार्टीभित्र खेल्न खोजेको भन्दै उनले आपत्ति जनाएका थिए।

बाबुरामले मङ्सिर ६ र ७ गते पार्टीको केन्द्रीय समितिको बैठक बोलाएका छन् उता यादवसहितको नेताको टोलीले माओवादीसँग पार्टी एकता गर्न निरन्तर संवाद गरिरहेका छन्।

आइतबारै माओवादी केन्द्रको एकता समितिमा रहेका नेताहरूसँग छलफल गरेका थिए। छलफलमा पार्टीको नाममा समेत सहमति भएको छ। दुवै पार्टीका नेताहरूबिचको छलफलमा पार्टीको नाम नेकपा समाजवादी राख्न लगभग सहमति भएको बैठकमा सहभागी एक नेताले उकेरालाई जानकारी दिए।

माओवादी केन्द्रले पार्टीको विशेष महाधिवेशनमार्फत माओवादी केन्द्र नाम हटाएर नेकपा समाजवादी राख्न दुबै पक्ष सहमत देखिन्छन्। पार्टीको झन्डा र नीति तथा सिद्धान्तबारे छलफलकै चरणमा रहेको देखिन्छ। आइतबारको बैठकमा पार्टीको नाम, झन्डा र दस्ताबेज लेखनका लागि 

मंसिर ३, २०८० आइतबार १८:४२:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।