११.८५ अङ्कले घट्यो नेप्से, ८३ करोड ८० लाख रुपैयाँको कारोबार

११.८५ अङ्कले घट्यो नेप्से, ८३ करोड ८० लाख रुपैयाँको कारोबार
फाईल फोटो

काठमाडौं : सेयर बजार परिसूचक नेप्से आज बिहिबार दोहोरो अङ्कले घटेको छ। 

आज नेप्से ११ दशमलव  ८५ अङ्कले घटेर एक हजार आठ सय ५२ दशमलव  शून्य आठ विन्दुमा झरेर बन्द भएको हो।

आज सबै समूहको सेयर ओरालो लागेको छ। सबैभन्दा धेरै माउन्टेन इनर्जी नेपाल र नेपाल एसबीआई बैंकको सेयर साढे ६ प्रतिशतले घटेको छ।

आज २८ लाख ३३ हजार कित्ता शेयर ८३ करोड ६० लाख रुपैयाँमा खरिद बिक्री भएका छन्। 

कात्तिक २३, २०८० बिहीबार १६:०८:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।