लगातार तेस्राे दिन ५.१७ अङ्कले बढ्यो नेप्से
काठमाडौं : सेयर बजार परिसूचक नेप्से लगातार तेस्रो दिन आज बुधबार पनि बढेको छ।
नेप्से आज ५ दशमलव १७ अङ्कले बढेर एक हजार आठ सय ६३ दशमलव ९४ विन्दुमा पुगेर बन्द भयो।
आज बैंकिङ, फाइनान्स, जलविद्युत, जीवन बीमा, उत्पादन, माइक्रो फाइनान्स, व्यापार र अन्य समूहको सेयर सामान्य बढेको छ।
सबैभन्दा धेरै ग्लोबल आईएमई लघुवित्तको शेयर आठ प्रतिशत र पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर साढे सात प्रतिशतले बढेको छ।
आज ३१ लाख ५७ हजार कित्ता सेयर ७८ करोड २७ लाख रुपैयाँमा कारोबार भएका छन्।
कात्तिक २२, २०८० बुधबार १६:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।