११.२२ अङ्कले बढ्यो नेप्से, झन्डै एक अर्ब रुपैयाँको कारोबार
काठमाडौैं : सेयर बजार परिसूचक नेप्से साताको तेस्रो दिन आज मंगलबार दोहोरो अङ्कले बढेको छ।
सोमबार २१ अङ्कले नेप्से आज ११ दशमलव २२ अङ्कले बढेर एक हजार आठ सय ५८ दशमलव ७६ विन्दुमा पुगेर बन्द भयो।
कारोबारको यसदिन निर्जीवन बीमा समूहको बाहेक सबै समूहको शेयर सामान्य बढेको छ।
सबैभन्दा धेरै लक्ष्मी लघुवित्तको शेयर आठ प्रतिशत तथा सोनापुर मिनरल्स एन्ड आयल कम्पनी र सिटिजन लाइफ इन्सुरेन्सको शेयर पाँच प्रतिशतले बढेको छ।
बजार बढेको दिन आज स्वावलम्बन लघुवित्तको सेयरमा झन्डै साढे आठ प्रतिशतका गिरावट आएको छ।
आज ४३ लाख ३१ हजार कित्ता शेयर ९९ करोड ६५ लाख रुपैयाँमा खरिद बिक्री भएका छन्।
कात्तिक २१, २०८० मंगलबार १५:३९:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।