'दशैँको आसिक' लागेन सेयर कारोबारीलाई,  पहिलो दिन २८.१८ अंकले झर्‍यो

'दशैँको आसिक' लागेन सेयर कारोबारीलाई,  पहिलो दिन २८.१८ अंकले झर्‍यो

काठमाडौँ : दशैँ पछिको कारोबारको पहिलो दिन नेप्से परिसूचक २८.१८ अकंले घटेर बन्द भयो। दशैँले गर्दा कात्तिक २ पछि आइतबार बजार खुलेको थियो। सेयर बजार १.४८ प्रतिशतले घटेर १८७५.६५ विन्दुमा  बन्द भयो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अनुसार आइतबार कुल ७४ करोड २९ लाख २५ हजार रूपैयाँको सेयर खरिद बिक्री भयो।

आइतबार कारोबारमा आएका २ सय ३५ कम्पनीहरूमध्ये २ सय १ वटा कम्पनीहरूको कारोबार ओरालो लाग्यो। २७ वटा कम्पनीहरूको कारोबार बढ्यो। त्यस्तै, ७ वटा कम्पनीको कारोबार स्थिर रहेको नेप्सेले जनाएको छ।

नेप्सेका अनुसार उप्पर सोल हाइड्रो इलेक्ट्रिक कम्पनीको सेयरमा ८.९९ प्रतिशतले वृद्धि भई प्रति कित्ता २ सय ७९ रुपैंया २० पैसा कायम भएको छ।

त्यस्तै, कारोबारको हिसाबले सबैभन्दा धेरै सेयर मूल्य घट्नेमा सोनापुर मिनिरल्स एन्ड ओएल लिमिटेड छ। त्यसको सेयर १० प्रतिशतले घटेर प्रति कित्ता ३ सय १५ रुपैंया कायम भयो। कम्पनीको जम्मा ६ हजार ४५९ कित्ता बिक्री भएको नेप्सेले जनाएको छ

कात्तिक १२, २०८० आइतबार १८:१९:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।