उपप्रधानमन्त्री श्रेष्ठ आइसीयुमा, ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ देखियो
काठमाडौँ : चीन भ्रमणकैक्रममा बिरामी भएका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ भएको पुष्टि भएको छ।
उनी ‘तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)’मा सहभागी हुन चीनको बेइजिङ गएका थिए। उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए।
श्रेष्ठको आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ‘ओब्टस मार्जिनल शाखामा अवरोध देखिएको उनको सचिवालयले जनाएको छ।
उनी उपचाररत चीनको पेकिङ युनियन मेडिकल कलेज अस्पतालले श्रेष्ठको ‘मेडिकल सर्टिफिकेट’ जारी गर्दै उनलाई एक्युट मायोकार्डियल इन्फेक्सन’ भएको जानकारी दिएको हो।
श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ‘ओब्टस मार्जिनल शाखा(इः)’ मा अवरोध देखिएको अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ।
उनको मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण ‘स्टेनोसिस’ देखिएको र त्यसलाई कम गर्न तुरुन्तै ‘स्टेन्ट’ राखिएको अस्पतालले जानकारी दिएको छ।
श्रेष्ठलाई अहिले आइसीयुमा राखिएको र उनको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।
कात्तिक २, २०८० बिहीबार १८:२१:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।