प्रधानमन्त्री प्रचण्डको स्वास्थ्य सामान्य, सरकारी निवास फर्कँदै

प्रधानमन्त्री प्रचण्डको स्वास्थ्य सामान्य, सरकारी निवास फर्कँदै

काठमाडौँ : छातीमा समस्या भएपछि नर्भिक अस्पताल पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालको स्वास्थ्य अवस्था सामान्य देखिएपछि डिस्चार्ज हुने भएका छन्।

इसिजी गर्दा मुटुको अवस्था फेरबदल भइरहेको देखिएपछि चिकित्सकले एन्जियोग्राफी गरेर हेरेका थिए। केही गाँठा जस्तो देखिए पनि त्यसले मुटुमा समस्या नपार्ने र ब्लकेज नभएको देखिएपछि उनलाई आजै डिस्चार्ज गर्ने तयारी गरिएको अस्पतालस्रोतले जानकारी दियो।

असोज ३०, २०८० मंगलबार २०:४२:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।