कारागार अस्पतालका प्रमुख डा. बुढाथोकीलाई स्वास्थ्य मन्त्रालयको प्रवक्ताको थप जिम्मेवारी
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. प्रकाशन बुढाथोकीले पाएका छन्।
स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले उनलाई प्रवक्ताको थप जिम्मेवारी दिएका हुन्।
११ औं तहका डा. बुढाथोकी केन्द्रीय कारागार अस्पतालको प्रमुख मेडिकल सुपरिटेण्डेण्टको जिम्मेवारीमा समेत छन्।
स्वास्थ्य मन्त्रालयमा प्रवत्ताको जिम्मेवारी महत्वपूर्ण हुन्छ। डा. बुढाथोकीले भने मन्त्रालयमा आफ्नो जिम्मेवारी पार्ट टाइममात्रै भएको भएको बताएका छन्।
नियमअनुसार यसरी नियुक्ति हुन मिल्छ भन्ने जिज्ञासामा उनले भने,‘स्वास्थ्यको कर्मचारी हो। प्रवक्ता भनेको पार्टटाइम जब हो। पहिले पनि इडिसिडीको डाइरेक्टरलाई प्रवक्ताको जिम्मेवारी दिएको थियो। मन्त्रालयले जसलाई पनि (प्रवक्ताको जिम्मेवारी) दिनसक्छ।’
असोज ५, २०८० शुक्रबार १८:२७:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।