सिंहदरबारमा सरकार र चिकित्सक सङ्घबीच वार्ता जारी

सिंहदरबारमा सरकार र चिकित्सक सङ्घबीच वार्ता जारी

काठमाडौं : चिकित्सकमाथि कुटपिटको विषयमा सातबुँदे माग राखेर आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघ र सरकारबीच स्वास्थ्य मन्त्रालय सिंहदरबारमा वार्ता भइरहेको छ। 

सरकारका तर्फबाट अतिरिक्त स्वास्थ्य सचिव विकास देवकोटासहित पाँच सदस्यीय टोली र संघका प्रतिनिधिबीच स्वास्थ्य मन्त्रालयमा वार्ता भइरहेको संघका महासचिव डा.सञ्जीव तिवारीले बताए। 

संघले मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालमा भएको चिकित्सकमाथिको आक्रमणविरुद्ध दोषीलाई कानुनी दायरामा ल्याउन माग गर्दै आइतबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द गराएको छ।

यही भदौ २७ गते सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले वार्ता समिति गठन गरी आन्दोलनरत पक्षसँग वातार्मा आउन आग्रह गरेका थिए। 

भदौ ३१, २०८० आइतबार १२:४६:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।