भदौ २९ गतेबाट सत्याग्रह शुरु गर्ने डा. केसीको घोषणा
काठमाडौं : डा. गोविन्द केसीले आफूहरूले राखेका माग सम्बोधन नभए भदौ २९ गतेबाट ‘सत्याग्रह’ सुरु गर्ने घोषणा गरेका छन्।
सोमबार एक विज्ञप्ती जारी गर्दै केसीले भदौ २९ गतेबाट सत्याग्रह शुरु गर्ने घोषणा गरेका हुन्।
यसअघि गत साउन २९ गतेबाट सत्याग्रह शुरु गर्न लागेकोमा सरकारको तर्फबाट विभिन्न प्रतिबद्धताहरु आएको तर कार्यान्वयन नहुँदा पुन सत्याग्रह बस्न लागेको विज्ञप्तीमा उललेख छ।
‘हामीले विभिन्न मागहरू राखेर यही साउन २९ गतेबाट सत्याग्रह सुरु गर्न लागेकोमा सरकारका तर्फबाट विभिन्न प्रतिबद्धताहरु आएपछि एक महिनाका लागि सत्याग्रह पछि सारेका थियौं। ती प्रतिवद्धताहरू कार्यान्वयन नभएमा यही भदौ २९ गतेबाट सत्याग्रह सुरु गर्ने जानकारी पनि गराउँछौ।’ विज्ञप्तिमा लेखिएको छ।
भदौ २५, २०८० सोमबार १४:००:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।