समाचारमा सुसाइट नोट सम्प्रेषण गर्नुहुँदैन : डा. अधिकारी

समाचारमा सुसाइट नोट सम्प्रेषण गर्नुहुँदैन : डा. अधिकारी

काठमाडौं : लगनखेलस्थित मानसिक अस्पतालका निर्देशक तथा मनोचिकित्सक डा. अनन्त अधिकारीले आत्महत्यासम्बन्धी समाचारमा ‘सुसाइड नोट’ सम्प्रेषण गर्न नहुने बताएका छन्।

शुक्रबार मानसिक अस्पतालमा पत्रकारसँग भएको अन्तरक्रियात्मक कार्यक्रममा निर्देशक डा. अधिकारीले आत्महत्याका समाचार सम्प्रेषण गर्दा संवेदनशील हुन सुझाव दिए।

‘मिडियामा सुसाइड नोट सम्प्रेषण गर्नु हुँदैन’, उनले भने।

आत्महत्या गर्न सिकाउने तौरतरिकालाई प्रोत्साहन नगर्न सुझाव दिँदै उनले आत्महत्या गर्नेको श्रव्यदृष्य सामग्री सम्प्रेषण गर्न नहुने बताए। आशावादी समाचारलाई प्राथमिकता दिनसमेत उनले  सुझाए।

उनले थपे, ‘जीवनप्रति आशा जगाउने किसिमका समाचार सम्प्रेषण गर्नुपर्छ।’

त्यसैगरी मानसिक समस्या भएको तथा आत्महत्याको सोच आएको खण्डमा ११६६ टोलफ्री नम्बरमा सम्पर्क गर्न सकिने समेत डा. अधिकारीले बताए।

विशेषगरी कोरोना भाइरस संक्रमणको समयमा आत्महत्याको दर बढेपछि ११६६ को हटलाइन नम्बर सञ्चालनका लागि सक्रिय पहल भएर यो नम्बर सञ्चालनमा आएको उनले स्मरण गराए।

यो नम्बरमा सम्पर्क गरी मानसिक स्वास्थ्यका विषयमा २४सै घण्टा निःशुल्क परामर्श लिन सकिने उनले डा. अधिकारीले जानकारी गराए।

कार्यक्रममा मनोचिकित्सक तथा टीपीओ नेपालका कार्यकारी निर्देशक डा. कमल गौतमले पनि तनाव हुने, आत्महत्याको सोच आउने, डिप्रेशन हुने जस्ता मानसिक समस्या समस्या निम्तिए यो टोलफ्री नम्बरमा फोन गरेर मनोपरामर्श लिन सकिने बताए।

भदौ १५, २०८० शुक्रबार १९:३३:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।