बिरामीको मृत्युपछि स्वस्तिक अस्पतालमा तनाव

बिरामीको मृत्युपछि स्वस्तिक अस्पतालमा तनाव

कैलाली : किड्नीमा रहेको पत्थरीको शल्यक्रिया गर्ने क्रममा बिरामीको मृत्यु भएको घटनालाई लिएर धनगढीको स्वस्तिक अस्पतालमा मृतकका आफन्तले प्रदर्शन गरेका छन्।

चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै लापरवाही गर्नेमाथि कारबाहीको मागसहित मृतकका आफन्तले प्रदर्शन गरेका हुन्।

किड्नीमा पत्थरीको समस्याका बिरामी कञ्चनपुरको बेलौरी नगरपालिका–१० का ५५ वर्षीय ओजनलाल चौधरीको शल्यक्रिया गर्ने क्रममा सोमबार मृत्यु भएको थियो।

चौधरीलाई तीन दिनअघि उक्त अस्पतालमा भर्ना गरिएको थियो। शल्यक्रिया गर्ने क्रममा अत्यधिक रक्तश्राव भई चौधरीको मृत्यु भएको भन्ने जानकारी आएको जिल्ला प्रशासन कार्यालयका प्रवक्ता शिवराज जोशीले बताए।

प्रदर्शनपछि अस्पताल परिसरमा प्रहरी परिचालन गरिएको छ।

भदौ ११, २०८० सोमबार १८:५०:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।