भगवती हाइड्रोपावरको आइपिओमा २१.४८ गुणा बढी आवेदन, १३ लाखको हात खाली पक्का

भगवती हाइड्रोपावरको आइपिओमा २१.४८ गुणा बढी आवेदन, १३ लाखको हात खाली पक्का

काठमाडौँ : भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको प्राथमिक शेयरमा २१.४८ गुणा बढी आवेदन परेको छ। आइपिओ भर्ने अन्तिम दिनसम्ममा १३ लाख ८८ हजार एक सय १५ जनाले ५३ करोड ३ लाख ६ सय ५० कित्ता आवेदन दिए।

बाँडफाँडमा ७१ हजार २ सय २२ जनाले मात्रै सेयर पाउन सक्नेछन्। आवेदनबाट एक अर्ब ७७ करोड ५२ लाख रुपैयाँ सङ्कलन भएको छ। कम्पनीले ७ लाख १२ हजार २२० कित्ताको लागि आह्वान गरेको थियो।

कम्पनीले जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७ सय रुपैयाँको १५ प्रतिशत हुन आउने ८ करोड ५८ लाख ९ हजार सात सय रुपैयाँ बराबरको प्रतिशेयर एक सय रुपैयाँ अङ्कित दरमा १६ रुपैयाँ प्रिमियम थप गरेर शेयर निष्कासन गरेको थियो।

कम्पनीले कुल ८ लाख ५८ हजार ९७ कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएकोमा ८५ हजार ८ सय १० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि बिक्री गरिसकेको छ।

४२ हजार ९ सय ५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट भएको छ भने १७ हजार १ सय ६२ कित्ता शेयर कर्मचारीहरूका लागि छुट्टाएको छ।

भदौ ८, २०८० शुक्रबार १९:५९:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।