थेरापीले फर्काएको धनबहादुर र गंगादेवीको मुस्कान
काठमाडौँ : काठमाडौंको कालिमाटीस्थित स्पार्क हेल्थ होम अस्पताल पुग्दा बिरामीको बाक्लै चाप थियो। त्यहि थिए बागलुङका ५८ वर्षीय धनबहादुर थापा अनि धादिङकी ६४ वर्षीया गंगादेवी श्रेष्ठ। उनीहरू अस्पतालको कम्पाउण्डमा आराम गरेर बसिरहेका थिए।
कम्पाउन्डमा बसिरहेका ५८ वर्षे थापासँग कुरा गर्दै जाँदा थाहा भयो, गत वैशाखदेखि उनको दुवै खुट्टा चल्न छाडेका रहेछन्। सामान्य हिँडडुलसमेत गर्न नसकेर थला परिसकेका थिए उनी।
तर, परिवार तथा आफन्तले उनलाई उपचारका लागि काठमाडौं ल्याए। काठमाडौंको एक अस्पतालमा दुई महिनाअघि ढाडको नशाको शल्यक्रिया भयो।
शल्यक्रियाले मात्र भएन। उनको खुट्टा तंग्रिन फिजियोथेरापी लगायतका उपचार विधि आवश्यक पर्ने भयो। उनका आफन्तले स्पार्क हेल्थ होम पुर्याए।
थापालाई थेरापीलगायतका उपचारका लागि स्पार्क हेल्थ होममा भर्ना गरियो। त्यहाँ पु¥याउँदा थापाका दुवै खुट्टा टेक्नसक्ने अवस्थामा थिएनन्। ह्वीलचियरमा राखेर ओहोरदोहोर गराउनुपर्थ्यो।
थापाको फिजियोथेरापी लगायतको उपचार सुरू भयो। उपचारपछि उनी तंग्रिदै गए र दुई सातामा बैशाखी टेकेर आफैँ हिँड्नसक्ने भएका छन्।
‘यहाँ आउँदा खुट्टा टेक्दिनथेँ, अहिले यो(वैशाखी) टेकेर हिँड्नसक्ने भएँ, ठिक हुँदैछ’, थापाले भने।
अब भने थापालाई पहिलेकै जस्तो हिँड्नसक्छु भन्ने आत्मविश्वास बढ्दै गएको छ।
अस्पतालको फिजियोथेरापी विभागका प्रमुख फिजियो थेरापिष्ट डा. अनिलकुमार महतोले थापाको समस्या समाधान हुँदै गएको जानकारी दिए।
थापाको उपचारका लागि बिहानदेखि साँझसम्मको दैनिकी नै तयार गरेर फिजियोथेरापी तथा उपचार विधि अपनाइयो। त्यहिअनुसार थेरापी तथा उपचार गर्दै जाँदा थापाको समस्या समाधान हुँदै गएको डा. महतोले जानकारी दिए।
उपचार थालेको तीन हप्तामा स्वास्थ्यमा करिब ८० प्रतिशत सुधार भएको उनको भनाइ छ।
‘उहाँ अहिले वाकर(वैशाखी) लिएर विना सहारा हिँड्न सक्नुहुन्छ,’ डा. महतोले भने, ‘आफैँ हिँडडुल गर्ने हुँदै जानुभएको छ।’
धादिङकी ६४ वर्षीया श्रेष्ठलाई पनि ढाडको(स्पाइन ट्युमर) शल्यक्रियापछि फिजियोथेरापी लगायतको उपचार आवश्यक पर्यो। उपचारका लागि उनलाई आफन्तले स्पार्कमै पुर्याए।
अस्पताल पुर्याउँदा श्रेष्ठ पनि खुट्टा टेकेर हिँड्नसक्ने अवस्थामा थिइनन्। ह्वीलचियरमा नै ओहोरदोहोर गराउनुपर्ने अवस्था थियो। श्रेष्ठ पनि फिजियोथेरापीलगायतको उपचारपछि तीन हाप्तामा लाठि टेकेर आफैँ हिँडडुल गर्ने भइन्।
फिजियोथेरापी लगायतको उपचारपछि श्रेष्ठको पनि स्वास्थ्यमा सुधार हुँदै गएको डा. महतोले जानकारी दिए। हिँड्नसक्छु भन्ने आशै मारिसकेको अवस्थामा उपचारपछि हिँड्न सक्दा खुशी लागेको श्रेष्ठले सुनाइन्।
डा. महतोका अनुसार शल्यक्रियापछि थापा र श्रेष्ठ दुवैलाई फिजियोथेरापी उपचार सेवा आवश्यक पर्यो र दुवैको नियमित रुपमा फिजियोथेरापी गर्दा समस्या ठिक हुँदै गयो।
शल्यक्रियापछि बिरामीलाई तन्दुरुस्त बनाउन मात्रै हैन, सामान्य अवस्थाको व्यक्तिलाई समेत शारीरिक तथा मानसिक रूपमा मजबुत हुन फिजियोथेरापी आवश्यक हुने डा. महतो बताउँछन्।
नसा च्यापिएको, हाडजोर्नी समस्या लगायतको शल्यक्रिया गरेको व्यक्तिका लागि फिजियोथेरापी आवश्यक हुने उनले बताए।
‘शल्यक्रियापछिको फिजियोथेरापी निक्कै महत्वपूर्ण हुन्छ,’ डा. महतोले भने, ‘अप्रेशन गरेपछि अप्रेशन गरेको वरिपरिको मांशपेशी कमजोर हुन्छ, त्यसलाई फिजियोथेरापीले बलियो बनाउँछ।’
नसा च्यापिएको समस्या, प्यारालाइसिस, हाडजोर्नीको लगायतको समस्यामा फिजियोथेरापी उपचारात्मक विधि लाभदायक हुन्छ। बिरामीमात्रै हैन सामान्य व्यक्तिका लागिसमेत जीवनशैलीलाई सहज बनाउन फिजियोथेरापी आवश्यक हुने उनको भनाइ छ।
त्यतिमात्रै हैन गर्भवती महिलालाई जीवनशैली व्यवस्थापन र मुटुको शल्यक्रिया गरेका बिरामीको जीवनलाई सहज बनाउन पनि फिजियोथेरापी उपयोगी हुने डा. महतो बताउँछन्।
स्पार्क हेल्थ होम अस्पतालमा प्राकृतिक चिकित्सा, इलेक्ट्रोथेरापीका अत्याधुनिक संयन्त्रसहितको फिजियोथेरापी, हर्बल मेडिसिन, अकुपंचर, योगा, जीवनशैली चिकित्सा, मसाज थेरापीका उपचार हुने उनले बताए।
अत्याधुनिक हाइड्रोथेरापी, मायोग तथा म्यानिपुलेशन थेरापी शल्यक्रिया विना नै गर्धन खिइएको, ढाड, कम्मर, घुँडा, जोर्नी दुख्ने, बाथ, डिक्स प्रोल्याप्स, हड्डी खिइने, नसा च्यापिएको, पक्षघात लगायतका समस्याको उपचार हुने अस्पतालले जनाएको छ।
भदौ ६, २०८० बुधबार २२:४८:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।