डा. कर्टको उपचार विधि अवैज्ञानिक, अन्तिम पटकलाई सचेत गराएर छाडियो
काठमाडौं : नेपाल मेडिकल काउन्सिलले डाइटिसियनकाे परिचय बनाएका डा. दिलजान मन्सुर(डा. कर्ट)ले अपनाउँदै आएको उपचार विधि अवैज्ञानिक ठहर गरेको छ।
काउन्सिलले बिहीबार उजुरीकर्ताहरूले दिएको जानकारी अनुसार मन्सुरलाई अब उपरान्त वैज्ञानिक मूल्यमान्यता अनुसार मात्र बिरामीको उपचार गर्न सचेत गराइएको छ।
डा. मन्सुरले काठमाडौंको मैतिदेवीमा सञ्चालन गर्दै आएको एफडीएच नामक क्लिनिकमा गैरव्यवसायिक ढंगले उपचार गर्ने गरेको भन्दै काउन्सिलमा उजुरी परेको थियो।
सोही उजुरीको छानबिनपछि काउन्सिलको गत साउन २६ गते बसेको पूर्ण बैठकले अन्तिम पटक सचेत गराउने निर्णय गरेको हो।
साथै काउन्सिलले गैरवैज्ञानिक उपचार विधि तत्काल रोक्न, बिरामीलाई सामूहिक नभई व्यक्तिगत रूपमा परामर्श र उपचार गर्ने तथा बिरामीलाई दिइएका सम्पूर्ण निर्देशनहरु अनिवार्य अभिलेखीकरण गर्न पनि निर्देशन दिएको छ।
भदौ १, २०८० शुक्रबार १५:०९:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।