‘पशुपति प्रसाद–२ : भष्मे डन’को पोस्टर रिलिज, सात वर्षमा जुर्यो संयोग

‘पशुपति प्रसाद–२ : भष्मे डन’को पोस्टर रिलिज, सात वर्षमा जुर्यो संयोग

काठमाडौं : नेपाली कथानक चलचित्र ‘पशुपति प्रसाद–२: भष्मे डन’को पोस्टर रिलिज भएको छ। शुक्रबार चलचित्रको निर्माण टिमले पोस्टर सार्वजनिक गरेको हो।

सात वर्षअघि आजकै दिन ‘पशुपति प्रसाद’को पोस्टर सार्वजनिक भएको थियो। फिल्मको पोस्टरमा मुख्य कलाकार विपीन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, माओत्से गुरुङ, रविन्द्र सिंह बानियाँ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, सजन थापा मगर, प्रकाश दाहाल, विभू पौडेल लगायतलाई देख्न सकिन्छ।

आगामी दशैंको फूलपातीको छेको पारेर प्रदर्शनको तयारी गरेको फिल्म अधिकांश देशमा प्रदर्शन हुने भएको छ।

निर्माण पक्षका अनुसार अमेरिकामा करिब १ हजारदेखि १२ सय शो, युकेमा ५ सय शो, अष्ट्रेलियामा ५ सय शो, क्यानडामा १ सय ५० शो, मध्ये पूर्वका देशहरुमा करिब साढे ७ सय शो, जपानमा १ सय शो, युरोपका विभिन्न देशमा ५० शो रिलिज गर्ने पक्का भइसकेको छ। त्यस्तै भारत, दक्षिण कोरिया, मलेसिया, इराक र हङकङमा रिलिज पक्का भइसकेको छ।

फिल्मको विदेश रिलिजको सम्पूर्ण जिम्मा सेभेन सिज प्रालिले लिएको छ।

टुकी आर्टस्को ब्यानरमा निर्माण भएको फिल्मको डिओपी निरज कँडेल,कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन रहेको छ। यस फिल्मका गीतको संगीत भारद्वाज तथा सुभाष भुषालले गरेका छन्। यो सात वर्षअघि रिलिज भएको फिल्म ‘पशुपति प्रसाद’को सिक्वेलको हो।

दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्रमा खगेन्द्र लामिछानेको कथा लेखन छ।

भदौ १, २०८० शुक्रबार १४:४६:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।