अनुभवी डाक्टर भित्र्याउँदै नर्भिक, दुई नयाँ थपिए
काठमाडौँ : थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा थप दुई अनुभवी विशेषज्ञ चिकित्सक जोडिएका छन्। उनीहरूले बिहीबारबाट अस्पतालमा ओपिडी सेवा थालेका छन्।
वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ प्रा.डा. मिरा विष्ट र मधुमेह विशेषज्ञ डा. किरण आचार्यले नर भिक हस्पिटलमा ओपिडी सेवा थालेका हुन्।
डा. विष्टले नर्भिकमा साताको आइतबारदेखि शुक्रवारसम्म बिहान ८ बजेदेखि १०:३० बजेसम्म ओपिडीमा रहनेछिन्।
डा. आचार्य आइतबारदेखि शुक्रवारसम्म हरेक दिन बिहान ८ : ३० बजेदेखि १०:३० बजेसम्म नर भिक अस्पतालमा रहने अस्पतालले जानकारी दिएको छ।
डा. विष्ट प्रोफेसर पनि हुन्। उनीसँग आफ्नो क्षेत्रको निकै लामो अनुभव रहेको छ। यस्तै, डा. विष्ट पछिल्लो समय रुचाइएका मधुमेह विशेषज्ञ हुन्।
दुवै चिकित्सकको आगमनले नर्भिकको गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहको अभियानमा सहयोग पुग्ने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले बताए।
साउन ३२, २०८० बिहीबार २०:२९:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।