सेयर बजारमा ब्याजदरको त्रास, १३ उप समूह नै रातो

सेयर बजारमा ब्याजदरको त्रास, १३ उप समूह नै रातो

काठमाडौँ : बैङ्कहरूले ब्याजदर बढाउने तयारी गरिरहेको हल्लाको प्रभाव शेयर बजारमा पर्दा बुधवार कारोबारमा आएका १३ वटै उपसमूह राताम्मे भएर बन्द भयो।

बजारमा बिक्री चाप बढ्दा त्यसको प्रभाव सुचकमा परेको छ। बिहीबार बैङ्कहरूले भदौको नयाँ ब्याजदर तोक्दैछन्।

त्यसको प्रभाव सेयर बजारमा बुधवारै देखियो। बुधवार नेप्से सूचक २०.३१ अङ्कले घटेर २०२५.१२ अङ्कमा झरेर बन्द भयो।

कारोबार रकम घटेर १ अर्ब ६७ करोड ९९ लाख ८० हजार ६२३ रुपैयाँ बराबरको ४८ लाख ३८ हजार १०६ कित्ता शेयर कारोबार भयो।

बुधवार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिए। हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै १.८५ प्रतिशतले घट्यो।

बुधवार बलेफी हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ३.९९ प्रतिशतले बढ्यो। स्वरोजगार लघुवित्तको ३.७७ प्रतिशत र थ्रि स्टार हाइड्रोपावरको २.४० प्रतिशतले बढ्यो।

माउन्टेन हाइड्रोको शेयर मूल्य सबैभन्दा धेरै ८.०६ प्रतिशतले घट्यो। श्वेत गङ्गा हाइड्रोपावरको ८.०३ प्रतिशत र धवलागिरि लघुवित्तको ७.८९ प्रतिशतले घट्यो।

साउन ३१, २०८० बुधबार १७:१५:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।