'गदर २' ले पहिलो दिन कमायो ३५ करोड भारु, दर्शकहरू ह्यान्डपम्प लिएरै पुगेका थिए हल

'गदर २' ले पहिलो दिन कमायो ३५ करोड भारु, दर्शकहरू ह्यान्डपम्प लिएरै पुगेका थिए हल

बलिउड फिल्म गदर २ ले प्रदर्शनको पहिलो दिन ३५ करोड भारुसहित सुखद् ओपनिङ गरेको छ। 

सनी देओलको गदर-२ र अक्षय कुमारको ओएमजी-२ हिजो शुक्रबार रिलिज भएका हुन्।

दुवै चलचित्रलाई दर्शकले साथि दिए। भारतीय सञ्चारमाध्यमका अनुसार ओएमजी २ ले पनि पहिलो दिन ९ करोड भारु कमाएको छ। हलहरूमा पुगेका दर्शकहरूमा यति उत्साह थियो कि उनीहरूले ह्यान्डपम्प लिएर थिएटरमा पुगेका थिए।

मुम्बईको गेटी ग्यालेक्सी थिएटरबाट एउटा तस्बिर बाहिर आएको छ, जसमा एक व्यक्तिको हातमा पम्प समातेको देखिएको थियो। 

सनि देओलले 'गदर'को पहिलो भागमा पाकिस्तानमा हाते कल उखेलेको दृश्य राखिएको थियो। उक्त दृश्यलाई त्यतिबेला निकै मन पराइएको थियो। 

त्यस्तै मुम्बईको एक थिएटरमा अक्षय कुमारको पोस्टरमा दर्शकहरूले दूध खन्याएका थिए। जसका भिडियोहरू अहिले आइरहेका छन्। मानिसहरूले सामाजिक सञ्जालमा 'ओएमजी-२' को प्रशंसा गरिरहेका छन्।

फिल्ममा अक्षय कुमार र पंकज त्रिपाठीको जोडीलाई मानिसहरुले निकै मन पराएका छन्। सिंगल स्क्रिन थिएटरहरू पनि ओएमजी-२ हेर्नेहरू लाइन थिए। अक्षय कुमारको पोस्टरमा मानिसहरूले फूलमाला लगाएका थिए। 

साउन २७, २०८० शनिबार ०७:५६:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।