महोत्तरीमा खोलाले बगाएर एक जना बेपत्ता

महोत्तरीमा खोलाले बगाएर एक जना बेपत्ता

बर्दिबास : महोत्तरीको सोनमा गाउँपालिकामा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन्।

मरहा खोलाले मङ्गलबार साँझ बगाउँदा सोनम-१ का ३८ वर्षीय जाबिर अन्सारी बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीका अनुसार मरहा खोला तर्ने क्रममा जाबिरलाई बाढीले बगाएको हो।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उनको खोजी गरिरहेका छन्। 

साउन २४, २०८० बुधबार ०७:४९:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।