डेंगु फैलिएपछि धरानको शिक्षण संस्था बन्द, शिक्षक-विध्यार्थीलाई नियन्त्रणमा परिचालन गरिने
धरान : धरान उपमहानगरपालिका क्षेत्रमा डेंगु सङ्क्रमण फैलिएपछि पालिकाभित्रका सबै शैक्षिक संस्था बन्द भएको छ। उपमहानगरपालिकाको मङ्गलवार बसेको कार्यपालिकाको बैठकले उपमहानगरपालिका क्षेत्रभित्रका सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो।
डेङ्गु भाइरसको सङ्क्रमण फैलिएसँगै सङ्क्रमितको सङ्ख्यासँगै मृतकहरूको सङ्ख्या समेत बढेपछि नियन्त्रणको अभियान चलाउन शैक्षिक संस्था बन्द गरिएको हो।
उपमहानगरले बिदामा विद्यालयका शिक्षक, विद्यार्थी लगायतहरुलाई डेङ्गु नियन्त्रणको अभियानमा सहभागी गराउने रणनीति समेत लिएको छ।
उपमहानगरले पछिल्लो समय वडा समिति कार्यालयमार्फत आ-आफ्नो वडामा लामखुट्टेको फुल, लार्भा र प्युपा नष्ट अभियान सुरु गरेको छ। तर सङ्क्रमण घटेको छैन। धरानमा डेङ्गुबाट आठ जनाको मृत्यु भइसकेको छ।
साउन १७, २०८० बुधबार १३:१८:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।