११ अंकले बढ्यो नेप्से,  कारोबार ३ अर्ब ३४ करोडको

११ अंकले बढ्यो नेप्से,  कारोबार ३ अर्ब ३४ करोडको

काठमाडौं : साताको चौथो दिन शेयर बजारमा दोहोरो अंकले बढेको छ।

बु्धबार नेप्से परिसूचक ११.१७ अंकले बढेर २१६५.२४ विन्दुमा पुग्दा सेन्सेटिभ परिसूचक ३.३३ अंकले बढेर ४१० अंकमा पुगेको छ।

१३ मध्ये पाँच उपसूचक समूह बढ्दा बाँकी समूह राताम्मे छन्। सबैभन्दा धेरै व्यापार समूह ४.८३ प्रतिशतले बढ्यो।

बजार बढ्दा बुधबार २६० कम्पनीका ८६ लाख ७४ हजार कित्ता शेयरको किनबेच भयो। जसबाट ३ अर्ब ३४ करोडको कारोबार भयो।

साउन ३, २०८० बुधबार १५:०९:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।