आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा हरियाली

आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा हरियाली

काठमाडौं : आर्थिक वर्ष २०८०/८१ को पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ।

सोमबार नेप्से ४७.०७ अंकले बढेर २१४४.१६ बिन्दुमा बन्द भएको छ। सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

म्युचल फण्डबाहेक सोमबार सबै उपसूचकहरु हरियो देखिए। अघिल्लो दिन आइतबार सेयर कारोबार २ अर्ब ३७ करोड ६४ लाख २७ हजार ५७३ रुपैयाँको भएकोमा सोमबार भने उक्त रकम बढेर २ अर्ब ५६ करोड १ लाख ९१ हजार २८८ रुपैयाँ पुगेको छ।

सोमबार सबैभन्दा धेरै प्रतिशत ४.१४ विकास बैंकका लगानीकर्ताले कमाए। वित्त, होटल एण्ड टुरिजम र बैंकिङ सव इण्डेक्समा समेत लगानीकर्ताको आकर्षण देखियो।

सोमबार २५७ धितोपत्रको ५० हजार २९९ वटा कारोबारबाट ७६ लाख ३४ हजार १९० कित्ता सेयर किनबेच भएको छ।

सोमबार शिवम् सिमेन्ट, हिमालयन लाइफ इन्स्योरेन्स, साइन रेसुंगा विकास बैंक, सोल्टी होटलसहितका धितोपत्रको धेरै कारोबार भयो। सेयर मूल्य सर्वाधिक घट्नेमा कुमारी धनवृद्धि योजना रहेको छ।

साउन १, २०८० सोमबार १५:५०:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।