अत्यधिक सफ्ट ड्रिंक पिउनेहरूलाई विश्व स्वास्थ्य संगठनले दियो चेतावनी

अत्यधिक सफ्ट ड्रिंक पिउनेहरूलाई विश्व स्वास्थ्य संगठनले दियो चेतावनी

काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सफ्ट ड्रिंकमा प्रयोग हुने एक किमिसको केमिकल (आर्टिफिसियल स्वीटनर एस्पार्टेम)को बारेमा चेतावनी दिएको छ

यो केमिकलका कारण क्यान्सरको जोखिम हुनसक्ने भन्दै विश्व स्वास्थ्य संगठनका पोषण र खाद्य सुरक्षा निर्देशक फ्रान्सेस्को ब्रान्काले चेतावनी दिएका हुन्।

‘न हामी कम्पनीहरूलाई त्यस्ता उत्पादन बेच्न बन्द गर्न भनेका छौं न उपभोक्ताहरूलाई पूर्ण रूपमा प्रयोग नगर्न सल्लाह दिइरहेका छौं,’ उनले भने, ‘हामी केवल सन्तुलित रूपमा यसको प्रयोग गर्न सल्लाह दिन्छौँ।’

डब्लुएचओको ‘इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सर’ ले ६ देखि १३ जुनसम्म फ्रान्सको लियोनमा पहिलो पटक एस्पार्टमबाट क्यान्सरको जोखिमको सम्भावनाको मूल्याङ्कन गरेको थियो।

यसको अत्यधिक प्रयोगले क्यान्सर निम्त्याउनसक्ने डब्लुएचओले पत्ता लगाएको थियो। केहि दिनको अन्तरालमा कहिलेकाहिँ यस्ता पेय पदार्थ पिउनेहरूले भने चिन्ता लिनुनपर्ने संगठनले भनेको छ।

असार २९, २०८० शुक्रबार १९:५३:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।