६ जना बोकेर उडेको मनाङ एअरको हेलिकोप्टर बेपत्ता

६ जना बोकेर उडेको मनाङ एअरको हेलिकोप्टर बेपत्ता

काठमाडौँः ६ जनासहित उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ।

हेलिकोप्टर सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हो। उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन्।

मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार एनए-एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको हो।

हेलिकप्टरको खोजी कार्य जारी रहेको उनले जनाए। 

असार २६, २०८० मंगलबार ११:०७:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।