सहकारीहरूलाई सङ्घीय सहकारी विभागको पाँच बुँदे निर्देशन
काठमाडौँ : संघीय सहकारी विभागले पाँच बुँदे निर्देशन जारी गर्दै ऋणी सदस्यहरूको मूल्याङ्कनको आधारमा गत आर्थिक वर्षमा खराब ऋणीको सूचीमा नपरेका, गत आर्थिक वर्षमा कर्जा पुनर्तालिकीकरण सुविधा नलिएका र कर्जाको पाकेको ब्याजको ५० प्रतिशत भुक्तानी गरेमा बाँकी साँवालाई ३ महिनाको अवधिका लागि पुनर्तालिकीकरण व्यवस्था गर्न भनेको छ।
बिहीबार जारी निर्देशनमा ब्याज साउन १५ गतेभित्र भुक्तानी गरे यसै आर्थिक वर्षको आयको रूपमा गणना गर्न समेत उल्लेख गरेको छ।
निर्देशनमा सहकारी सङ्घ-संस्थाले आफ्ना सदस्यहरूसगँ नियमित समन्वय र सम्पर्क गर्दै सदस्य केन्द्रित सेवा प्रवाह गरी सदस्यहरूको विश्वास आर्जनमा केन्द्रित हुन, वित्तीय साक्षरता कार्यक्रम सञ्चालनमा जोड दिँदै सङ्घ-संस्थाको बचत वृद्धि र भाखा नाघेको ऋण असुलीलाई प्रभावकारी बनाउन समेत निर्देशन दिएको छ।
यसैगरि कृषि उत्पादन तथा सेवासँग जोडिएका सहकारी सङ्घ-संस्थाले कृषि उत्पादन वृद्धि, सामूहिक खेती प्रवर्द्धन, सदस्यहरूको उत्पादनको बजारीकरण गरी सदस्यहरूलाई कृषिको व्यवसायीकरण गर्न प्रेरित गर्न र यस आर्थिक वर्ष २०७९/८० को व्याज २०८० श्रावण १५ गतेभित्रमा भुक्तानी प्राप्त भएमा यसै आर्थिक वर्षको आयको रूपमा गणना गर्ने छुट सुविधा दिन समेत भनेको छ।
असार २१, २०८० बिहीबार २०:१७:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।