३९ अकंले घट्यो नेप्से, दुई-दुई कम्पनीमा सकारात्मक र नकारात्मक सर्किट

३९ अकंले घट्यो नेप्से, दुई-दुई कम्पनीमा सकारात्मक र नकारात्मक सर्किट

काठमाडौं : कारोबार हुने साताको चौथो दिन शेयर बजारमा परिसूचक नेप्से ३९ अकंले ओरालो झरेको छ।

बुधबार नेप्से ३९.२६ अंकले घटेर २०४९.४४ विन्दुमा आइपुग्दा क वर्गका कम्पनीको कारोबार हेर्ने सेन्सेटिभ परिसूचक ५.८९ अंकले घटेर ३८२.७४ विन्दुमा झरेको हो।

उपसूचक समूह पनि यसदिन सबै राताम्मे भएका छन्। सबैभन्दा बढी जीवन बीमा समूह ३.३१ प्रतिशतले ओरालो झर्दा दोस्रोमा निर्जीवन बीमा छन्। उक्त समूह २.७५ प्रतिशतले राताम्मे भएको छ।

बजार घट्दा त्यसको असर कारोबार रकममा परेको छ। यसदिन २२७ कम्पनीका ८० लाख ९२ हजार ९६९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७ करोड ३९ लाखको कारोबार भयो।

यसदिन कारोबार भएका २०९ कम्पनीको शेयर घट्दा १४ कम्पनीको बढ्यो भने दुई कम्पनी स्थिर रहे। कारोबारका हिसाबले बुधबार शिवम् सिमेन्ट १६ करोडसहित पहिलो स्थानमा रहँदा हिमालयन लाइफ इन्स्योरेन्स १३ लाख कारोबार गर्दै दोस्रो स्थानमा छ।

यसदिन दुई कम्पनी सिटी होटल र रावा इनर्जी डेभलपमेन्ट कम्पनीमा सकारात्मक सर्किट लाग्दा बीपीडब्लू लघुवित्त र मोदी इनर्जी लिमिटेडमा नकारात्मक सर्किट लाग्यो।

असार २०, २०८० बुधबार १५:१०:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।