फिल्म खेल्दै ‘सकम्बरी’की कुसुम, आर्यन सिग्देल जोडी

फिल्म खेल्दै ‘सकम्बरी’की कुसुम, आर्यन सिग्देल जोडी

काठमाडौं : गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’ को भिडियोमा अभिनय गरेर चर्चामा आएकी कुुसुम शर्माले फिल्ममा अभिनय गर्ने भएकी छन्।

उनले दिनेश श्रेष्ठको निर्देशनमा बन्ने नयाँ फिल्म ‘सञ्जिवनी’बाट डेब्यू गर्न लागेकी हुन्। 

मंगलबार निर्देशक श्रेष्ठले फिल्मको पोष्टर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै फिल्मका मुख्य कलाकारसमेत चिनाएका हुन्। जसमा कुसुमको अपोजिटमा अभिनेता आर्यन सिग्देल रहेका छन्। 

पोस्टरमा आर्यनले र कुसुमलाई स्कुटरमा कतै घुमाउन लगिरहेको देख्न सकिन्छ। लभ स्टोरी कथामा बन्न लागेको फिल्ममा आर्यन र कुसुमका साथमा श्रद्धा क्षत्री, अर्जुन श्रेष्ठ, अन्सुया श्रेष्ठको मुख्य भूमिका रहनेछ।

फिल्मको छायांकन आगामी भदौबाट हुने निर्माण पक्षले जनाएको छ। 

निर्देशक श्रेष्ठले यसअघि फिल्म ‘शकुन्तला’, 'चि मुसी चि’,'कामचोर' निर्देशन गरिसकेका छन्।

असार ५, २०८० मंगलबार १९:३८:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।