नेपालमा ६० वर्षीय विदेशी महिलामा मंकिपक्स देखियो

नेपालमा ६० वर्षीय विदेशी महिलामा मंकिपक्स देखियो

काठमाडौं : नेपालमा ६० वर्षीया विदेशी महिलामा मंकिपक्स देखिएको छ।

एक ६० वर्षीया विदेशी महिलामा मंकिपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अहिले ती महिलाको अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा रहेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।

नेपालमा पहिलो पटक पुष्टि भएको मंकिपक्स संक्रमण विश्व भरीहालसम्म एकसय एघार देशमा पुष्टि भइसकेको छ। यो संक्रमण विश्वव्यापी चासोको जनस्वास्थ्य आपतकालको अवस्थामा भने नरहेको मन्त्रालयले जनाएको छ।

मंकिपक्स मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्छ। सन् १९८० मा बिफरको उन्मूलन र विश्वव्यापी बिफर खोपको अन्त्यपछि मंकीपक्स मध्य, पूर्वी र पश्चिम अफ्रिकामा निरन्तर रूपमा देखा परिरहेको छ। सन् २०२२–२०२३ मा यसले विश्वव्यापी प्रकोपको रूप लिएको थियो।

यो रोग संक्रमित व्यक्ति वा संक्रमित पशुसँगको सम्पर्कमा आउँदा घाउ–खटिरा–बिमिराको सम्पर्क, शरीरबाट निस्किएको थुक, र्यालको सम्पर्कबाट, भाइरसबाट दुषित सतह र सामग्रीको प्रत्यक्ष सम्पर्कबाट सर्नसक्छ।

कसैलाई एमपक्ससँग मिल्दो जुल्दो लक्षण छन् भने अस्पताल गई चिकित्सकको उचित सल्लाह लिन र मन्त्रालयको कल सेन्टर १११५ वा ११३३ मा सम्पर्क गरी परामर्श लिन पनि स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।

असार १, २०८० शुक्रबार १९:२१:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।