सेयर बजारमा उछाल, नेप्से २ हजारमाथि

सेयर बजारमा उछाल, नेप्से २ हजारमाथि

काठमाडौं : कारोबार हुने साताको तेस्रो दिने सेयर बजारमा उछाल आउँदै नेप्से परिसूचक २ हजारमाथि उक्लियो।

सोमबारको तुलनामा नेप्से परिसूचक ३४ अंकले बढेर २०२० विन्दुमा पुग्दा क वर्गको कारोबार हेर्ने सेन्सेटिभ परिसूचक ६ अंकले बढेर ३७९ विन्दुमा पुग्यो।

बजार बढ्दा उपसूचकहरूमा पनि हरियाली छायो। सबैभन्दा बढि उत्पादन र प्रशोधन समूह ४.३२ प्रतिशतले बढ्दा जीवन बीमा पनि २.७३ प्रतिशतले उकालो लाग्यो।

बैंक समूहबाहेक अन्य समूह १ प्रतिशतले भन्दा बढिले नै बढे। बजारमा ह्वात्तै बढेपछि कारोबार रकममा पनि भारी वृद्धि भयो।

यसदिन २७० कम्पनीको १ करोड ८ लाख १ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १२ करोड ६६ लाख ९५ हजार रुपैयाँको कारोबार भयो।

कारोबारको हिसाबले सबैभन्दा बढी शिवम् सिमेन्टको २७ करोडको कारोबार हुँदा दोस्रोमा हिमालयन डिस्टिलरीको १७ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो।

विन नेपाल लघुवित्त, भूगोल इनर्जी र सिटी होटलमा १० प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट लाग्यो।

जेठ ३०, २०८० मंगलबार १५:१०:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।