तामाङ समुदायको कथामा बनाउन लागिएको फिल्म 'चारदाम' इटहरीमा शुभमुहुर्त

तामाङ समुदायको कथामा बनाउन लागिएको फिल्म 'चारदाम' इटहरीमा शुभमुहुर्त

काठमाडौंः तामाङ समुदायको कथामा फिल्म ‘चारदाम’को शुभमुहूर्त भएको छ।

सोमबार सुनसरीको इटहरीमा अवस्थित टासी छोइलिङ गुम्बामा एक औपचारिक कार्यक्रमबीच फिल्मको मूर्हुत गरिएको हो। 

कार्यक्रमका प्रमुख अतिथि नेपाल तामाङ घेदुङ कोशी प्रदेश अध्यक्ष रेख बहादुर तामाङ घिसिङले क्ल्याप, विशिष्ट अतिथि नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेश अध्यक्ष अरुण कुमार प्रधानले एक्सन कट गर्दै फिल्मको सुरुवात भएको छ। 

तामाङ जातीमा लोपोन्मुख हुँदै गएको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यसहित निर्माण गर्न लागेको फिल्मका लेखक तथा निर्देशक लाखमान योञ्जनले बताए।

उनका अनुसार तामाङ समुदायका पछिल्ला पुस्ताले आफ्नो भाषा संस्कृति छोड्दै गएपछि यसलाई संरक्षणका लागि यो फिल्म निर्माण गर्न लागिएको हो। 

कोशी भिजनको ब्यानरमा निर्माण गरिने फिल्म ‘चारदाम’मा सुवास योन्जन तामाङ, सुकुमाया मोक्तान तामाङ, मदन राई, मोहन लोप्चन तामाङ, शान्ति पाख्रिन तामाङ, पूर्ण लिम्बू, बालकलाकार सुम्निमा योन्जन तामाङ, डम्बर किमारी मेन्याङ्बो र मेनुका राईलगायत कलाकारको अभिनय रहने छ। 

फिल्मको छायांकन तथा मुख्य सहायक निर्देशन सुमन योन्जन तामाङले गर्दैछन् भने लगानी मैना घिसिङ, मदन राई, मोहन लोप्चन तामाङको छ। 

निर्देशक लाखमानका अनुसार फिल्मको छायांकन पुर्वेकै भोजपुर र सुनसरीको विभिन्न स्थानमा हुनेछ। फिल्मको सम्पादक हेमन योन्जन तामाङले गर्नेछन्। 

जेठ २२, २०८० सोमबार २०:५५:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।