सकियो ‘पशुपति प्रसाद २ : भष्मे डन’को छायांकन, फुलपातीमा रिलिज गर्ने तयारी

सकियो ‘पशुपति प्रसाद २ : भष्मे डन’को छायांकन, फुलपातीमा रिलिज गर्ने तयारी

काठमाडौं : फिल्म ‘पशुपति प्रसाद’ को सिक्वेल ‘पशुपति प्रसाद २ : भष्मे डन’को छायांकन सकिएको छ।

फिल्मको छायांकन सुरु भएको करिब दुई महिनापछि सकिएको निर्देशक दीपेन्द्र के खनालले जानकारी दिए। फिल्मको इन्ड क्ल्याप पशुपति क्षेत्रमा गरिएको हो।

सात वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘पशुपति प्रसाद’को अन्तिम सिनबाट नै अहिले बनिरहेको फिल्मको सुरुवात हुने यसअघि नै निर्देशकले जानकारी गराइसकेका छन्।

दशैंको फुलपातीमा प्रदर्शनको तयारी गरेको फिल्ममा विपीन कार्की, वर्षा शिवाकोटी, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्रसिंह बानियाँ, मिश्री थापाको मुख्य भूमिका हुनेछ।

खगेन्द्र लामिछानेले लेखेका फिल्मका निर्माता  पनि उनी स्वयं हुन्। फिल्मको शुभमुहूर्तकै समयमा निर्माता लामिछानेले सात वर्षको अवधिमा भष्मे डनको जीवनमा आएका विभिन्न उतारचढावलाई सिनेमामा प्रस्तुत गरिने बताएका थिए।

जेठ ४, २०८० बिहीबार १७:०७:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।