द केरल स्टोरी विवादः भारतमा दुई समूहबीच झडप, एक जनाको मृत्यु

द केरल स्टोरी विवादः भारतमा दुई समूहबीच झडप, एक जनाको मृत्यु

मे ५ मा प्रदर्शनमा आएको बलिउड फिल्म 'द केरला स्टोरी' का कारण महाराष्ट्रको अकोला सहरमा हिंसा बढेको छ। 

उक्त क्रममा एक जनाको मृत्यु भएको छ भने कैयौँ सवारीसाधनमा आगजनी भएको छ। एक महिला हवल्दारसहित ९ जना घाइते पनि भएका छन्।

प्रहरीले अकोलाको हरिहरपेठ क्षेत्रमा भारतीय संविधानको धारा १४४ लगाएको छ र करिब २६ जनालाई नियन्त्रणमा लिएको छ। उक्त क्षेत्रमा इन्टरनेट सेवा पनि बन्द गरिएको छ।

यो हिंसा केरल स्टोरीसँग सम्बन्धित एक विवादास्पद पोस्टबाट सुरु भएको बताइएको छ। बीबीसी रिपोर्टका अनुसार अरबाज नामका एक व्यक्तिले भड्काउ पोस्टमा आपत्ति जनाएपछि उनलाई अपमानजनक र धम्कीपूर्ण सन्देशहरू आउन थाले। म्यासेजमै एक व्यक्तिसँग अरबाजको झगडा यति बढ्यो कि दुवैले गुट बनाए र एकअर्कासँग झगडा गर्न पुगे।

गत वैशाख १३ गते शनिबार अकोलाको हरिहरपेठ इलाकामा विवाद सुरु भएको थियो, त्यसपछि दुवै एकअर्कालाई भेट्न आएका थिए। भेट हुनेबित्तिकै दुई समूहबीच झडप भयो, जसमा एक जनाको मृत्यु भएको हो। 

सूचना पाएलगत्तै प्रहरीले हिंसा रोक्न खोजेको थियो। जसमा दुई प्रहरी पनि घाइते भएका थिए। सोही क्रममा ८ जना घाइते भएका छन्। प्रहरीले २६ जनाविरुद्ध एफआइआर दर्ता गरेको छ।

यो पनि पढ्नुहोस्

द केरला स्टोरी : फिल्मको आवरणमा नेपाल भित्रिएको धार्मिक दङ्गा फैलाउन प्रेरित 'भारतीय विष'

जेठ २, २०८० मंगलबार २२:१६:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।