३ अंकले बढ्यो नेप्से, कारोबार ६४ करोडमा झर्यो

३ अंकले बढ्यो नेप्से, कारोबार ६४ करोडमा झर्यो

काठमाडौं : कारोबार हुने साताको तेस्रो दिन मंगलबार शेयर बजारमा समान्य रुपले बढेको छ।

यसदिन नेप्से ३.२९ अंकले बढेर १८२१ विन्दुमा पुग्दा सेन्सेटिभ परिसूचक ०.०१ अंकले घटेर ३४९ विन्दुमा छ। यस्तै फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्स पनि सामान्य रुपमा बढेका छन्।

कारोबारमा रहेको १३ उपसूचक समूहमध्ये मंगलबार दुईवटाबाहेक सबै समूहमा हरियाली छायो। बैंक र अन्य समूह भने राताम्मे भए। सबैभन्दा बढी निर्जीवन बीमा समूह ०.९९ प्रतिशतले बढ्दा सबैभन्दा कम विकास बैंक समूह ०.०५ प्रतिशतले बढ्यो।

यसदिन २६९ कम्पनीको २० लाख ६३ हजार ७३७ कित्ता शेयर किनबेच हुँदा ६४ करोड १ लाख १७ हजार रुपैयाँको कारोबार भयो।

कारोबार कम्पनीतर्फ हेर्दा सबैभन्दा बढी एनआईसी एसिया बैंकको ५ करोड १ लाख ४६ हजारको कारोबार भयो। दोस्रोमा शिवम् सिमेन्टको २ करोड ८८ लाख ९२ हजार रुपैयाँको कारोबार भयो।

मंगलबार आत्मनिर्भर लुघवित्त वित्तीय संस्थाले सबैभन्दा बढि १० प्रतिशत कमाउँदै सकारात्मक सर्किट कायम गरेको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ।

जेठ २, २०८० मंगलबार १५:१४:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।