नागरिक लगानी कोष र हिमालयन डिस्टिलरीको सेयर मूल्य बढे पनि बजार रातै

नागरिक लगानी कोष र हिमालयन डिस्टिलरीको सेयर मूल्य बढे पनि बजार रातै

काठमाडौँ : आइतबारको बजारमा नागरिक लगानी कोषको सेयर मूल्य बढ्दा उपसमूह नै हरियो भयो। कोषले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सार्वजनिक भएसँगै सेयर मूल्य बढेको थियो।

नागरिक लगानी कोषको पनि सेयर मूल्य करिब ४ प्रतिशतले बढ्यो तर त्यसले परिसूचक बढाउन सकेन।

आइतबार नेप्से परिसूचक १६.९६ अङ्कले घटेर १८२१.६४ बिन्दुमा झरेर बजार बन्द भयो। सेन्सेटिभ इन्डेक्स ३.५२ अङ्कले घट्यो।

बजार घटे पनि कारोबारको रकम भने बढेको छ। दिनभरमा ९० करोड बराबरको कारोबार भएको भयो। यो १० दिनको कारोबारको उच्च अङ्क हो।

लगानी कोष सँगसँगै हिमालयन डिस्टिलरी अग्र स्थानमा रह्यो। हिमालयनको ४ करोड ५९ लाख रकम बराबरको कारोबार भयो। हिमालयले आइतबार मात्रै चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको थियो। हिमालयनको सेयर मूल्य १० प्रतिशतले बढ्यो।

वैशाख ३१, २०८० आइतबार १५:४९:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।