पश्चिम बंगाल सरकारले फिल्म ‘द केरला स्टोरी’माथि लगायो प्रतिबन्ध

पश्चिम बंगाल सरकारले फिल्म ‘द केरला स्टोरी’माथि लगायो प्रतिबन्ध

भारतको पश्चिम बंगाल सरकारले ५ मेमा रिलिज भएको ‘द केरला स्टोरी’ फिल्मलाई प्रतिबन्ध लगाएको छ ।

ट्रेलर रिलिज भएदेखि नै विवादमा परेको यो फिल्मको भारतका विभिन्न राज्यमा चर्को विरोध भइरहेको छ । मुख्यमन्त्री ममता बेनर्जीको सरकारले राज्यमा कुनै अप्रिय घटना हुन नदिन र शान्ति कायम राख्न यो निर्णय गरिएको जनाएको छ।  

सोमबार ममता बनर्जीले फिल्मप्रति भारतीय जनता पार्टी (बीजेपी) र सीपीआई (एम) को खुलेर विरोध गरिन्। 

मुख्यमन्त्री बनर्जीले पश्चिम बंगाललाई बदनाम गर्ने प्रयास भइरहेको बताइन्।

वैशाख २५, २०८० सोमबार २१:०१:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।