दर्शकको असन्तुष्टिपछि ‘ज्याकीः आई एम ट्वान्टी वान’को क्लाइमेक्सै परिवर्तन

दर्शकको असन्तुष्टिपछि ‘ज्याकीः आई एम ट्वान्टी वान’को क्लाइमेक्सै परिवर्तन

काठमाडौं : गत बिहीबारदेखि रिलिज भएको फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ को क्लाइमेक्स परिवर्तन गरिएको छ।

फिल्मको क्लाइमेक्समा दर्शकले असन्तुष्टि जनाएपछि निर्माण पक्षले क्लाइमेक्स नै परिवर्तन गरेको हो।

फिल्म हेरेर फर्किएका अधिकांश  दर्शकले यसको क्लाइमेक्स अपूर्ण भएको भन्दै निर्माण पक्षसँग असन्तुष्टि जनाएका थिए।अब दर्शकले परिवर्तन भएको क्लाइमेक्ससहित फिल्म हेर्न पाउने बताइएको छ।

दर्शकको मागलाई ध्यानमा राखेर क्लाइमेक्समा परिवर्तन गरिएको निर्देशक रेनशा वान्तवा राईले बताइन्।

उनले भनिन्, ‘हामीले दर्शकको मागलाई ध्यानमा राखेर क्लाइमेक्समा परिवर्तन गरेका छौं। परिवर्तित क्लाइमेक्सलाई दर्शकले मन पराउनुभएको छ। क्लाइमेक्समा आएको गुनासोलाई समेत हामीले परिवर्तन गरेका छौं।’

यस फिल्मले तीन दिने विकेन्डमा औसत व्यापार गरेको छ।

वैशाख २४, २०८० आइतबार १२:४०:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।