फिल्म ‘हल्कारा’को विशेष प्रदर्शनी वैशाख २४ मा

फिल्म ‘हल्कारा’को विशेष प्रदर्शनी वैशाख २४ मा

काठमाडौं : फिल्म ‘हल्कारा’को विशेष प्रदर्शनी हुने भएको छ। सामाजिक सञ्जालमा सक्रिय समूह ‘मुभी लभर्स ग्रुप’ले सीडिसी हलमा हल्काराको विशेष प्रदर्शन गर्न लागेको हो। 

विक्रम सापकोटाद्वारा निर्देशित फिल्म वैशाख २४ मा विशेष प्रदर्शन हुन लागेको हो।

कोभिडका कारण प्रदर्शन मिति पछि सरेको हल्कारा वैशाख २९ मा रिलिज हुँदैछ। हल्कारामा महेश त्रिपाठी, विनीता थापा मगर, प्रकाश दाहाल लगायतको अभिनय छ।

‘वर्ल्डफेस्ट ह्युस्टन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा फिल्मका कलाकार महेश त्रिपाठीले सर्वोत्कृष्ट अभिनेता र चिन्तनराज भण्डारीले सर्वोत्कृष्ट छायांकारको अवार्ड जितेका थिए। 

फिल्मले ‘नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा सर्वोत्कृष्ट न्यारेटिभको अवार्ड जितेको थियो।

द्वन्द्वकालीन समयको कथा बोकेको चलचित्र प्रदर्शनपछि निर्माण टिमसँग छलफल पनि गरिने ‘मुभी लभर्स’ले जनाएको छ।

फिल्मका निर्माता रामकृष्ण पोख्रेल र विक्रम सापकोटा हुन्।

वैशाख १८, २०८० सोमबार १३:३८:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।