ओलीलाई लिङ्देनको प्रश्न : यस्तो भाष्य र अद्भुत ज्ञान चाँही कहाँबाट प्राप्त हुन्छ तपाईंलाई?

ओलीलाई लिङ्देनको प्रश्न : यस्तो भाष्य र अद्भुत ज्ञान चाँही कहाँबाट प्राप्त हुन्छ तपाईंलाई?

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विदेशीको अजेण्डा भरिया बन्नुभन्दा मुर्ख र फटाह नै हुनु सही भएको जवाफ दिएका छन्।

आइतबार एक कार्यक्रममा एमाले अध्यक्ष ओली राजतन्त्रको मुद्दा बोक्नेहरू फटाह र मुर्ख बाहेक अरु हुन नसक्ने टिप्पणी गरेका थिए।

लिङ्देनले सामाजिक सञ्जाल ट्विटरमा उक्त टिप्पणीको जवाफ दिँदै यस्तो बताएका हुन्। साथै जापानी र बेलायती जनता त महा फटाह र महा मुर्ख भए हैन त? भन्दै प्रश्न गरेका छन्।

उनले यस्तो अदभूत ज्ञान चाहिँ कहाँबाट प्राप्त हुन्छ भन्दै प्रश्न गरेका छन्। 

लिङ्देनले भनेका छन्, ‘हामी त फटाहा र मुर्ख मात्र रहेछौं जापानी र बेलायती जनता त महा फटाहा महा मुर्ख भए हैन त केपी ओली ज्यू? हैन यस्तो भाष्य र अदभुत ज्ञान चाँही कहाँबाट प्राप्त हुन्छ तपाईंलाई? विदेशी अजेण्डाको भरिया बन्नु भन्दा त मुर्ख र फटाहानै हुने।’

हामी त फटाहा र मुर्ख मात्र रहेछौं जापानी र बेलायती जनता त महा फटाहा महा मुर्ख भए हैन त@kpoli ज्यू ? हैन यस्तो भाष्य र अदभुत ज्ञान चाँही कहाँबाट प्राप्त हुन्छ तपाईलाई ?
विदेशी एजेण्डाको भरिया बन्नु भन्दा त मुर्ख र फटाहानै हुने। https://t.co/nE1Asba9or

— Rajendra Lingden (@RajendraLingden) April 30, 2023

वैशाख १७, २०८० आइतबार २२:४१:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।