सेयर बजारमा सामान्य सुधार, कारोबार रकम भने बढेन
काठमाडौँ : साताको दोस्रो सोमबार दोस्रो दिन शेयर बजारमा सामान्य सुधार भएको छ। सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.७१ अङ्कले बढेर १८८८.३२ अङ्कमा बन्द भयो।
सोमबार २७० वटा कम्पनीको २२ लाख ६० हजार ८२३ कित्ता सेयर ३३ हजार २१३ पटक खरिदबिक्री भएको थियो।
कारोबार रकम बढ्न सकेन। जम्मा ७५ करोड १३ लाख ३० हजार मात्र कारोबार भयो।
सोमबारको कारोबारमा बैङ्किङ, होटेल तथा पर्यटन, लगानी र निर्जीवन बिमा समूहको उपसूचक घट्दा बाँकी सबै समूहको उपसूचक बढ्यो।
बैङ्किङ समूह ०.१६, होटेल तथा पर्यटन समूह ६५.८२, लगानी समूह ०.०८ र निर्जीवन बिमा समूह १९.१९ अङ्कले घट्यो।
सबैभन्दा धेरै जीवन बिमा समूह ८२.१० अङ्क र उत्पादन तथा प्रशोधन समूह २५.९८ अङ्कले बढेको छ। विकास बैङ्क समूह २४.५४, वित्त समूह ७.१४, जलविद्युत् समूह ७.२२ र लघुवित्त समूह ३.९५ अङ्कले बढेको छ।
म्युचुअल फन्ड ०.१६, व्यापार समूह ४.४६ र अन्य समूह ४.४९ अङ्कले बढेको छ।
सोमबारको कारोबारमा पिपुल्प पावर लिमिटेडको सेयर मूल्य ८.११ प्रतिशतले बढ्यो।सबैभन्दा धेरै घट्नेमा कालिन्चोक दर्शन लिमिटेड बन्यो। कालिन्चोकको सेयर मूल्यमा ९.६२ प्रतिशतले घट्यो।
वैशाख ११, २०८० सोमबार १६:४३:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।