सेयरको सबै उपसूचक रातै, जलविद्युत लगानीकर्ताले धेरै गुमाए
काठमाडौँ : यो वर्षको अन्तिम साता आइतबार पनि सेयर बजारले सकारात्मक सङ्केत देखाएन। साताको पहिलो दिन सेयर बजार दोहोरो अङ्कले घट्यो तर कारोबार रकम भने बढेको छ।
आइतबार २८.३१ अङ्कले घटेको बजार १८३८.४८ विन्दुमा झर्यो। आइतबारको बजारमा कुल कारोबार रकम १ अर्ब नाघ्यो।
आइतबार २ सय ६८ धितोपत्रको २९ हजार २ सय ३९ वटा कारोबार भयो। ३८ लाख ४३ हजार ७१३ कित्ताको किनबेचहुँदा १ अर्ब १५ करोड ९४ लाख ४८ हजार ४११ रुपैयाँको कारोबार भएको थियो।
आइतबार सबै उपसूचकहरू रातै भए। जलविद्युतका लगानीकर्ताहरूले सबैभन्दा धेरै २.३५ प्रतिशत गुमाए। कालिन्चोक दर्शन लिमिटेडको मूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशतले बढेर ३४२.९० रुपैयाँ पुग्यो।
सानिमा ग्रोथ फन्डको ६.४६ रुपैयाँले मूल्य बढ्यो। माछापुच्छ्रे डिभेन्चरको सबैभन्दा धेरै ७.७५ प्रतिशतले मूल्य घट्यो। कुमारी धनवृद्धि योजना, माया खोला हाइड्रोसहितका धितोपत्रको समेत मूल्य धेरैले घट्यो। नविल बैङ्क, शिवम् सिमेन्ट, एचडीएल, ग्लोबल बैङ्कसहितका धितोपत्रको धेरै कारोबार भएको थियो।
चैत २६, २०७९ आइतबार १६:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।